गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले ग्राहकले आकर्षक छुट पाउने « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

गण्डकी मेडिकल कलेजमा प्रभु बैंकले ग्राहकले आकर्षक छुट पाउने



काठमाडौं । प्रभु बैंक र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च पोखराबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

बैंकका तर्फबाट पोखरा शाखा कार्यलय प्रमुख पुष्कर शेरचन र गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्चका तर्फबाट प्रिन्सिपल प्रोफेसर डा. रविन्द्र प्रसाद श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले गण्डकी मेडिकल कलेजमा सञ्चालित हस्पिटल सेवामा १० प्रतिशत छुट पाउनेछन् ।

उक्त सुविधा लिन चाहाने इच्छुक प्रभु बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्