राष्ट्रिय बीमा कम्पनीको नव नियुक्त सीईओ बरालले सम्हाले कार्यभार « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

राष्ट्रिय बीमा कम्पनीको नव नियुक्त सीईओ बरालले सम्हाले कार्यभार



काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको नब नियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदभार ग्रहण गरेका छन् । सीईओ बराले आजैदेखि पदभार सम्हालेका हुन् ।

गत बिहीवार बसेको कम्पनी संचालक समितिको बैठकले बराललाई सीईओमा नियुक्त गरेको हो । बीमा क्षेत्रमा लामो समय काम गरेका बराल ३ वर्षपछि बीमा क्षेत्रमा फर्किएका हुन् ।

उनी यसअघि लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भइसेका छन् । बरालले बैंक र बीमा क्षेत्रमा गरेर २५ वर्ष काम गरिसकेका छन् । पछिल्लो समय बराल युनाइटेड युन्स्योरेन्सबाट बीमा क्षेत्र छाडेका थिए ।

जिम्मेवारी सम्हाल्दै बरालले कम्पनीका संचालक अध्यक्ष लगायत सम्पुर्ण सदस्यलाई धन्यवाद दिएका छन् । उनले भने,-‘मलाइ फोन अथवा सामाजिक सन्जाल मार्फत शुभकामना दिने सबै लाइ हार्दिक धन्यवाद ।’


प्रतिक्रिया दिनुहोस्