नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा बिहिबार बस्दैं, यस्ता छन् एजेण्डा !

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौं वार्षिक साधारण सभा बिहिबार (भदौ ३० गते) बस्दै छ । भदौ ९ गते बसेको संचालक समितिको बैंठकले सभा कार्की ब्यांकेट बबरमहल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
सभामा आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित गरेर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।
कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १९ गते बुक क्लोज गरेको हुदाँ भदौं १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।