छुट्ला है एक कम्पनीको १४.५० प्रतिशत बोनस सेयर, नजिकियो सुरक्षित गर्ने अन्तिम दिन !
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो १३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन सभा बोलाउने गरेको हो ।
सभामा प्रस्तावित लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट चुक्ता पूँजीको १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।
कम्पनीको सभामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा स्वीकृती पश्चात परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ ।
यसका सभामा साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षण नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने लगायत एजेण्डाहरु पारित हुनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज ४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज ३ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।












