विधायन व्यवस्थापन समितिमा पुग्यो ‘बीमा विधेयक’ « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

विधायन व्यवस्थापन समितिमा पुग्यो ‘बीमा विधेयक’



काठमाडौं । राष्ट्रिय सभाले ‘बीमा विधेयक, २०७५’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रिय सभाबाट ‘बीमा विधेयक– २०७५’ दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त प्रस्ताव पेस गरेका थिए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेको सो प्रस्ताव बैठकमा सर्वसम्मतिले पारित भएको थियो।


प्रतिक्रिया दिनुहोस्