नेपालमा पहिलो पटक खुल्ने भयो कमोडिटी एक्सचेन्ज, दुई स्टक एक्सचेन्ज हुने « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेपालमा पहिलो पटक खुल्ने भयो कमोडिटी एक्सचेन्ज, दुई स्टक एक्सचेन्ज हुने



काठमाडौं । नेपालमा बस्तु विनिमय बजार सञ्चालनको लागी कमोडिटी एक्सचेन्ज खुल्ने भएको छ । धितोपत्र बोर्डले २ कमोडिटी एक्सचेन्जसहित एक नयाँ स्टक एक्सचेन्जको लाइसेन्स खोल्न लागेको हो । 

नेपालमा हाल सेयर बजार संबन्धी कारोबार गर्ने एक मात्र निकाय रहेकोमा अव दुई ओटा संस्था हुने भएको छ । सेयर बजारसम्बन्धी नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको लागी आवेदन माग गरेको हो । 

२९ वर्ष पुरानो नेपाल स्टक एक्सचेन्जले समय र उपभोक्ताको माग अनुसार सेवा दिन नसकेको भन्दै गत साताको मन्त्रिपरिषद् बैठकले धितोपत्र नियमावली पास गरेसँगै नयाँ स्टकको लाइसेन्स खुल्ला गरिएको हो । 

सेयर कारोबारलाई थप प्रविधिमैत्री बनाउन भन्दै नेपाल धितोपत्र बोर्डले नयाँ कम्पनीको लागी लाइसेन्स आह्वान गरेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ सो अन्तर्गत बनेका नियम र निर्देशिका तथा अन्य प्रचलित कानुनको अधीनमा रही नयाँ कम्पनीले आवेदन दिन सक्नेछन् । बजारलाई थप एक स्टक एक्सचेन्जको आवश्यकता रहेकोले आह्वान गरिएको धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए । 

बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिमका सर्तहरूको अधीनमा रही आवेदन माग गरेको हो । सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र आवेदन दिन सक्नेछन् । 

Tags :

प्रतिक्रिया दिनुहोस्