सानिमा इक्विटी फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डलको लाभांश सुरक्षित गर्ने आज (असोज ६ गते) अन्तिम दिन रहेको छ । फण्डले प्रतिफल वितरणका लागि असोज ९ गते बुकक्लोज गर्ने भएको हुदाँ असोज ६ गतेसम्म कायमले मात्र प्रतिफल पाउने छन् ।
फण्डले आर्थिक वर्ष २०७८÷७९ को मुनाफा तथा सो अवधिसम्म रहेको सञ्चित कोष समेतबाट योजनाको इकाईधनीहरुलाई करसहित २२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो ।











