मेगा स्टक मार्केट्सको विशेष साधारण सभा असोज २३ गते, के के छन् एजेण्डा ?
काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम विशेष साधारण सभा असोज २३ गतेका लागि बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने छ । साथै, साधारण सभामा कम्पनीको पूँजी वृद्धिलगायत प्रबन्धपत्र तथा नियमावली संशोधन तथा नियमनकारी निकायहरूबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्यितारी प्रदान गर्ने प्रस्ताव समेत सभाको कार्य सूचीमा समावेश गरीएको छ ।











