सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, १४ लाखको हात रित्तो हुदाँ १२ सय जनाको आवेदन रद्द « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, १४ लाखको हात रित्तो हुदाँ १२ सय जनाको आवेदन रद्द



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्रि प्रबन्धक बिओके क्यापिटलले मंगलवार बिहान शेयर बाँडफाँट भएको हो ।

आइपीओमा कुल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता शेयरको लागि आवेदन परेको थियो । जस मध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन योग्य रहेका थिए ।

बाँकी १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । साथै १४ लाख भन्दा बढी आवेदकको हात रित्तो भएको छ ।


प्रतिक्रिया दिनुहोस्