सेयर बजारमा सामान्य सुधार, सुस्ताउँदै कारोबार रकम
काठमाडौं । बुधवार सेयर बजारमा सुधार देखिएको छ । साताको तेस्रो कारोबार दिन बजार ६.४१ अंकले वृद्धि भएको छ ।
उक्त दिन बजार परिसुचक पनि १८३७.४६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज बैंकिङ्ग समूह ३.५५ अंक, होटेल तथा पर्यटन १२.८ अंक, हाइड्रोपावर ४.५७, निर्जीबन बीमा २७.३७, उत्पादक तथा प्रशोधन ३४.२९, माइक्रोफाइनान्स ३९.२१, जीवन बीमा २१.०८ र लगानी समूह ०.१७ अंकले वृद्धि भएको छ । यी बाहेकका समूहहरु घटेका छन् ।
उक्त दिन४८ करोड ५४ लाख ८ हजार बराबरको १३ लाख ७० हजार ४७७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
उक्त दिन नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको ४ करोड ७५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानामा रहेको नबिल बैंकको २ करोड ६९ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।












