भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल « Arthapath.com
१० असार २०८३, बुधबार

भुजुङ हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल



काठमाडौं । भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणहरुमा साधारण शेयर निष्काशन गर्नका लागि तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

भुजुङ हाइड्रोपावरले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५८५,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सहमतिमा भुजुङ हाइड्रोपावरका तर्फबाट कार्यकारी सञ्चालक खेम राज जोशी तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्ष गरेका छन् । हाल भुजुङ हाइड्रोपावरको अधिकृत पूँजी ५० करोड रूपैयाँ , जारी पूँजी ४३ करोड रूपैयाँ, र चुक्ता पूँजी ३२.७२५ करोड रूपैयाँ रहेको छ ।

सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट (ग्ःज्एए) विकास गरिरहेको छ ।

आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ भने कम्पनिले आयोजनाको कुल लागतको १५% अर्थात रु. ५.८५ करोडको साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।


प्रतिक्रिया दिनुहोस्