२६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस « Arthapath.com
२१ बैशाख २०७७, आईतवार

२६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस



काठमाडौँ । सरकारले संसदको बजेट अधिवेशन यहि वैशाख २६ गते बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको आइतबारको बैठकले बजेट अधिवेशन वैशाख २६ गते बोलाउनका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही अनुसार बजेट ल्याउन सहज हुने गरी बजेट अधिवेशन बोलाउन सिफारिस गरिएको हो । सरकारको सिफारिसपछि संसदको अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया दिनुहोस्