१२ अर्ब १० करोडको आईपीओ जारी गर्न अनुमतिको पर्खाइमा तीन दर्जन कम्पनी, कुनको कति ?
काठमाडौं । आईपीओ निष्काशनका लागि करिब तीन दर्जन कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेका छन् ।
१२ अर्ब १० करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशनको अनुमति माग्दै ३४ वटा कम्पनीहरुले बोर्डमा निवेदन दिएका हुन् ।
आईपीओ निष्काशनका लागि निवेदन दिनेमा अधिंकाश जलविद्युत कम्पनी रहेका छन् । आईपीओ निष्काशनको अनुमतिको पर्खाईमा रहेकामध्ये २० जलविद्युत कम्पनी, दुई वटा बीमा कम्पनी, तीन वटा उत्पादन मुलक, दुई होटेल तथा पर्यटन, तीन वटा माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरु छन् । यीमध्ये दुई कम्पनीले बुक विल्डिङ विधिमार्फत् र २ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्नेछन् ।
बुक विल्डिङ्ग मार्फत आईपीओ जारी गर्दै दुई कम्पनी
बुक विल्डिङ्ग मार्फत आईपीओ जारी गर्न सर्वोतम सिमेन्ट र रिलयान्स स्पिनिङ मिल्सले बोर्डमा निवेदन दिएका छन् । सर्वोत्तम सिमेन्टले २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै गत असार २८ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छ ।
यस्तै, रिलायन्सले स्पिनिङ मिल्सले पनि बुक विल्डिङ्ग मार्फत आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आईपीओ निष्काशकानका लागि गत असार ३१ गते बोर्डमा निवेदन दिएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
२ कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने
रिलायबल लाईफ इन्स्योरेन्स कम्पनी र घोराही सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ निष्काशन गर्ने भएको हो ।
रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न २०७८ साउन १२ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।
यस्तै, घोराही सिमेन्टले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको आईपीओ प्रिमियममा निष्काशन गर्ने भएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ जारी गर्न गत साउन ९ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता आईपीओ जारी गर्नेछ । कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा सेयर जारी गर्ने भएको हो । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
अनुमतिको पर्खाईमा २० जलविद्युत कम्पनी
आईपीओ निष्काशनका लागि २० वटा जलविद्युत कम्पनीले बोर्डमा निवेदन दिएका छन् ।
आईपीओ जारी गर्न दोल्ती पावर कम्पनी, सगरमाथा जलविद्युत, माई खोला हाइड्रोपावर, मोदी इनर्जी, मेन्छियाम, माया खोला, भुगोल इनर्जी, मकर जीतुमाया सुरी हाइड्रोपावरले आईपीओ निष्काशन गर्न विभिन्न मितिमा बोर्डमा निवेदन दिएका छन् ।
यस्तै, कुथेली बुखारी स्मल, सानिमा मिडिल तमोर, अपर स्यांगे, रावा इनर्जी, सुपरमाई, मोलुङ, बाराही, एशियन, इन्ग्वा हाइड्रोपावर, सुपर मादी, शुभम पावर, थ्री स्टार हाइड्रोपावर कम्पनीले आईपीओ जारी गर्ने भएका हुन् ।
अन्य कुनकुन कम्पनीको आईपीओ आउँदै ?
आईपीओ निष्काशनका लागि बीपीडब्लू लघुवित्त, आत्म निर्भर, मुक्तिनाथ कृषि कम्पनी, सोनापुर, डिश होम, आईएमई लाइफ इन्स्योरेन्स, हाथवे इन्भेष्टमेन्ट, ट्रेड पावर, कालिञ्चोक दर्शन, सिटी होटेल लगायतका कम्पनीले आईपीओ जारी गर्ने भएका हुन् । यी सबै कम्पनीहरुले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि आईपीओ जारी गर्नेछ ।
यी हुन् आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका कम्पनीहरु:















