सेयर बजारमा दोहोरो अंकको गिरावट, ५५ करोड २७ लाखको कारोबार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ५५ करोड २७ लाखको कारोबार



काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार १६.०६ अंकले घटेको हो ।

साताको तेस्रो कारोबार दिन बजार परिसुचक १८५५.१६ अंकको बिन्दुमा पुगेर बन्द भएको हो । आज व्यापारा समूह ०.८ अंक, होटल तथा पर्यटन ०.८ अंक, म्युचुअल फण्ड ०.०४ अंकले वृद्धि भएको छ । यी बाहेकका सबैसमूहहरु राताम्मे बनेका छन् ।

उक्त दिन कारोबार रकम ५५ करोड २७ लाख १२ हजार रुपैयाँमा सिमित भएको छ । आज नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । आज बैंकको ३ करोड १० लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।


प्रतिक्रिया दिनुहोस्