नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका दुई फण्डले घोषणा गरे लाभांश, कुनको कति ?
काठमाडौं । नलिब इन्भेष्टमेन्ट बैंकिङ्गका दुई फण्डहरुले लाभांश घोषणा गरेका छन् । बुधावर नबिल इक्वीटी फण्ड र नबिल व्यालेन्सड फण्ड २ ले लाभांश घोषणा गरेका हुन् ।
नबिल इक्वीटी फण्डले गत आर्थिक वर्ष २०७८/७९ को लागि योजनाका इकाईधनीहरुलाई ५ प्रतिशत (कर सहित) का दर हुन आने ६ करोड २५ लाख रुपैयाँ प्रतिफल दिने भएको हो ।

यता, नबिल व्यालेन्सड फण्ड २ ले भने गत आवका लागि योजनाका इकाईधनीहरुलाई ७ प्रतिशत (कर सहित) का दरले हुन आउने ७ करोड ८४ लाख रुपैयाँ मात्र प्रतिफल वितरण गर्ने भएको हो ।













