अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन मन्त्री श्रेष्ठको निर्देशन « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन मन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं । हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरुलाई तत्काल उद्धार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले निर्देशन दिएका छन् ।

पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपदमा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् ।

मनाङ, गोरखा, मुस्ताङ र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा पर्यटकहरु पुगेका छन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरुबीच बाटो मै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताए ।

अझै हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनिहरुलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्