के भयो आज नबिल बैंकको सेयर ?
काठमाडौं । बुधवार नबिल बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । उक्त दिन बैंकको २ करोड ४० लाख ११ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
साताको चौंथो कारोबार दिन बैंकको ३० हजार ३५२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बैंकको सेयर मूल्यमा पनि झिनो वृद्धि भएको छ ।
आज बैंकको सेयर मूल्य ०.२५ प्रतिशत अर्थात प्रतिकित्ता २ रुपैयाँले मात्र बढेको हो । योसंगै बैंकको सेयर मूल्य आज ७९४ रुपैयाँ पुगेको छ ।












