बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र असोज ३१ गतेसम्म नविकरण गर्न सकिने « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र असोज ३१ गतेसम्म नविकरण गर्न सकिने



काठमाडौं । बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र असोज ३१ गतेसम्म नविकरण गर्न सकिने भएको छ ।

बीमा समितिले २०७९ को लागि बीमा अभिकर्ता तथा सर्भेयर इजाजतपत्र नविकरण असोज ३१ गते साँझ ५ बजेसम्म अनलाइन माध्यमबाट नविकरण गर्न सकिने जनाएको हो ।

समितिले बीमा ऐन २०४९ को दफा ३१ बमोजिम नविकरण गर्न भनेको हो । उक्त अवधिभित्र पनि नवीकरण नभएका इजाजतपत्र बीमा ऐन २०४९ को दफा ३३ बमोजिम स्वतः खारेज हुने समितिले जनाएको छ ।

बीमा सर्भेयरको हकमा इजाजत खारेज भएको पाँच वर्षसम्म अर्को इजाजत पत्र दिन नमिल्ने व्यवस्था रहेको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्