थप दुई बैंकद्वारा लाभांश घोषणा: हालसम्म ११ वटा पुगे, कुनको बोनस र नगद कति ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

थप दुई बैंकद्वारा लाभांश घोषणा: हालसम्म ११ वटा पुगे, कुनको बोनस र नगद कति ?



काठमाडौं । आइतबार थप दुई बैंकले लाभांश घोषणा गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) र बैंक अफ काठमाण्डूले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् ।

योसंगै यस वर्षका लागि गत आवको मुनाफबाट लाभांश घोषणा गर्ने कम्पनीहरुको संख्या ११ पुगेको छ । हालसम्म पाँच बैंकसहित ९ वटा कम्पनी (म्युचुअल फण्ड बाहेक) ले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्नेमा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी), बैंक अफ काठमाण्डू, कुमारी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, सिटिजन्स बैंक, रु रु जलविद्युत परियोजना, अरुण काबेली पावर, सानिमा माइ हाइड्रोपावर रहेका छन् ।

यस्तै, नेपाल ल्युब आयल, बोटलर्स नेपाल तराई र बालाजुले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका हुन् ।

यस वर्षका लागि बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस र १४.९५ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी साधारण सभाले पारित भएपश्चात वितरण हुनेछ ।

आइतबार नै एनसीसी बैंकले आफ्ना सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिने भएको हो । उक्त लाभांश अब राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस्तै, गत आवको मुनाफाबाट कुमारी बैंकले १२.५ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ४.५२६३ प्रतिशत र सिटजन्स बैंकले ९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । यी तीनै वटा बैंकले सेयरधनीहरुलाई बोनस नदिने भएका हुन् ।

त्यसैगरि, गत आवको मुनाफबाट रुरु जलविद्युत परियोजनाले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने भएको छ भने अरुण काबेलीले १० प्रतिशत बोनस सेयर र सानिमा माई हाइड्रोपावरले ५.२६३२ नगद लाभांश वितरण गर्ने भएको हो ।

यता, नेपाल ल्यूब आयालले भने २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश दिने भएको हो । जुन प्रस्तावित लाभांश आज आर्थत असोज ३० गते बसेको साधारण सभाले पारित गरिसकेको छ ।

यस वर्षका लागि बोटलर्स नेपाल बालाजुले २० प्रतिशत र बोटलर्स नेपाल तराईले भने ६० प्रतिशत नगद लाभांश मात्रै दिने भएका छन् । कम्पनीले सेयरधनीहरुलाई बोनस सेयर भने नदिने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्