भोलिदेखि लागू हुनेगरि राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि अर्थात कात्तिक १ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म ब्याज दिने भएको हो ।
बैंकले असोज महिनाकै ब्याजदर लाई निरन्तरता दिएको छ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.१३ प्रतिशतदेखि अधिकतम १३.१३ प्रतिशतसम्म निर्धारण गरेको छ ।
यस्तै, रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३ प्रतिशत ब्याज दिने भएको हो । बैंकको आधार दर ८.२० प्रतिशत रहेको छ ।
कुनमा कति ?
