पोखराको बैना दोहोरी साझँ एण्ड मार्सी भान्छामा प्रभु बैंकका ग्राहकलाई १०% छुट

काठमाडौं । प्रभु बैंक र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार रहेका सम्पूर्ण ग्राहकले बैना दोहोरीद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट पाउने भएका हुन् ।
बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छाका तर्फबाट निर्देशक गोविन्द बहादुर घर्ती मगरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छाको सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।