एक वर्षमै २४.७०% ले बढ्यो जीवन बीमा कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी, ३ खर्ब पुग्दा कुनको कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

एक वर्षमै २४.७०% ले बढ्यो जीवन बीमा कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी, ३ खर्ब पुग्दा कुनको कति ?



काठमाडौं । बीमा समितिले जीवन बीमा व्यववसायहरु गर्ने कम्पनीहरुको लगानी विवरण सार्वजनिक गरेको छ ।

समितिले जीवन बीमा कम्पनीहरुको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिकसम्मको लगानीको विवरण सार्वजनिक गरेको हो ।

समितिका अनुसार संचालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीले ३ खर्ब १६ अर्ब ८१ करोड ४१ लाख ४८ हजार रुपैयाँ क वर्गको बैंकमा मुद्दति निक्षेप राखेका छन् । यो अघिल्लो आवको तुलनामा भने २४.७० प्रतिशतले बढी हो । अघिल्लो आव २०७७/७८ मा कम्पनीहरुले बैंकको मुद्दति निक्षेमा २ खर्ब ५४ अर्ब ४ करोड ८५ लाख ५७ हजार रुपैयाँ लगानी गरेका थिए ।

गत वर्षमा भने बैंकको मुद्दति निक्षेपमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ९२ अर्ब २२ करोड ३१ लाख रुपैयाँ राखेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले कम्पनीले बैंकमा ६१ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखेको छ ।

यस्तै, मेट लाइफको २१ अर्ब ६३ करोड २६ लाख, एशियन लाइफको १९ अर्ब ७० करोड १ लाख, राष्ट्रिय बीमा संस्थानको १८ अर्ब ३६ करोड, प्राइम लाइफको १२ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ बैंकको मुद्दति निक्षेमा लगानी रहेको छ ।

त्यसैगरि गुराँस लाइफको ९ अर्ब ३९ करोड ५२ लाख, सूर्या लाइफको ८ अर्ब ७६ करोड ७५ लाख, युनियन लाइफको ५ अर्ब ४७ करोड ७५ लाख, ज्योति लाइफको ४ अर्ब ४५५ करोड २ लाख, सिटिजन लाइफको ४ अर्ब ५२ करोड रुपैयाँ देखिएको छ ।

नेशनल लाइफले ३ अर्ब ५१ करोड ५६ लाख, आइएमई लाइफ ३ अर्ब २६ करोड ६० लाख, सानीमा लाइफको ३ अर्ब ३७ करोड ४७ लाख ५० हजार, रिलायन्स लाइफ ३ अर्ब ३५ करोड, महालक्ष्मी लाइफको ३ अर्ब २४ करोड ७८ लाख ३५ हजार, सन नेपाल लाइफ ३ अर्ब २१ करोड ८० लाख, प्रभु लाइफको ३ अर्ब ६ करोड १५ लाख, रिलायबल नेपालको २ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बैंकको मुद्दति निक्षेपमा लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्