गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र मर्जर अनुमोदन मुख्य एजेण्डा « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गुराँस लाइफ इन्स्योरेन्सको साधारण सभा आज, लाभांश र मर्जर अनुमोदन मुख्य एजेण्डा



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको १२औं वार्षिक साधारण सभा आज (शुक्रबार, कात्तिक ४ गते) बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, राज भवन, तीनकुने, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६÷७७ सम्मको मुनाफाबाट कुल ७।८३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ८ करोड ४२ लाख ५० हजारको आधारमा ७ दशमलव ४४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।३९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७६÷७७ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै आव २०७७÷७८ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

हाल यो कम्पनी मर्जर प्रक्रियामा छ । गुराँस लाइफ, प्राइम लाईफ र युनियन लाईफ मर्जरमा जाने प्रक्रियामा छन् । सभाले मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता पत्रलाई समेत अनुमोदन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्