नासा सेक्यूरिटीजद्धारा मार्जिन कारोबार सुरु,यस्ता छन् योजनाहरु « Arthapath.com
१ असार २०८३, सोमबार

नासा सेक्यूरिटीजद्धारा मार्जिन कारोबार सुरु,यस्ता छन् योजनाहरु



काठमाडौं । नासा सेक्यूरिटीज कम्पनी लिमिटेड स्टक ब्रोकर नम्बर (५८) ले सेयर ब्रोकर बाटै कर्जा लिएर सेयर खरिद गर्न सक्ने मार्जिन ट्रेडिंग कारोबार सुविधा प्रदान गर्न सुरु गरेको छ ।


नेपाल स्टक एक्सचेन्जले २०७५ मा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपश्चात लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा दिने नासा सेक्यूरिटीज पहिलो कम्पनी बनेको छ ।


नासा सेक्यूरिटीजले दुई प्रकारका योजनाहरु ल्याएको छ । पहिलो, नासा सेक्यूरिटीजले लगानीकर्ताहरुका लागि १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् यो योजना ३० दिनका लागि उपलब्ध हुनेछ र सेवा शुल्क (ब्याज सहित) ९ हजार ९ सय ९९ रुपैयाँ लाग्नेछ ।


दोस्रो १० लाख रुपैयाँसम्मको पोर्टफोलियोमा ५८ दिनको लागि हुनेछ र यसमा सेवा शुल्क (ब्याज सहित) जम्मा २१,०५८ रुपैयाँ लाग्नेछ ।दुवै योजनाका ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत हुनेछ ।

यस कम्पनीमा मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीको वेबसाइटट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्