सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्यो नयाँ बोनस दर, कुनमा कति तोक्यो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ का लागि नयाँ बोनस दर कायम भएको हो ।
नयाँ बोनस दर अनुसार कम्पनीले न्यूनतम २५ रुपैयाँदेखि अधिकत् ७३ रुपैयाँ प्रतिवर्ष प्रतिहजार बोनस तोकेको छ ।कम्पनीले अग्रिम भुक्तानी सावधिकमा न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ५५ रुपैयाँसम्म निर्धारण गरेको छ ।
कम्पनीले १० वर्षदेखि १४ वर्षसम्मका लागि ४४ रुपैयाँ प्रतिहाजर प्रति वर्ष, १५ देखि १९ वर्ष अवधिका लागि ४९ रुपैयाँ, २० देखि २४ वर्षसम्मका लागि ५५ रुपैयाँ बोनस दर कायम गरेको छ ।
यस्तै, कम्पनीले सावधिक जीवन बीमालेख अन्तर्गत भने न्युनतम ३८ रुपैयाँदेखि ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
सिटिजन शुभारम्भ योजना (सावधिक प्लस) बीमालेखका लागि ३५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखका लागि २५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म बोनस दर कायम गरेको छ ।
त्यसैगरि सावधिक तथा आजीवन बीमालेखा (सिटिजन जीवन सारथी योजना) का लागि भने कम्पनीले ३७ रुपैयाँ ७० रुपैयाँसम्म बोनस दर कामय गरेको छ ।
अन्य विस्तृतमा हेर्नुहोस्,
















