दुई पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब बढी : बाणिज्य बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, कुनको कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

दुई पुनर्बीमा कम्पनीको लगानी २६ अर्ब बढी : बाणिज्य बैंकको मुद्दति निक्षेपमा सबैभन्दा धेरै, कुनको कति ?



काठमाडौं । नेपाली पुनर्बीमा व्यवसाय गर्ने दुई कम्पनीले विभिन्न क्षेत्रमा ३६ अर्ब बढी लगानी गरेका छन् ।

हाल संचालनमा रहेका नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीले विभिन्न क्षेत्रमा कुल २६ अर्ब १८ करोड ७३ लाख ४२ हजार रुपैयाँ लगानी गरेका हुन् ।

बीमा समितिका अनुसार कम्पनीहरुको सबैभन्दा बढी वाणिज्य बैंकहरुको मुद्दति निक्षेमा लगानी रहेको छ । दुई कम्पनीले वाणिज्य बैंकमा २० अर्ब ८७ करोड ७६ लाख २५ हजार रुपैयाँ लगानी गरेका हुन् ।

जसमध्ये सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । कम्पनीले वाणिज्य बैंकको मुद्दति निक्षेपमा १४ अर्ब २ करोड ३६ लाख २५ हजार रुपैयाँ लगानी गरेको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्सले भने ६ अर्ब ८५ करोड ५० लाख रुपैयाँ मुद्दति निक्षेपमा लगानी गरेको समितिले जनाएको छ ।
समितिका अनुसार नेपाल पुनर्बीमाले नेपाल सरकारको बचतपत्रमा ३० करोड, सूचकिृत कम्पनीको साधारण सेयर ९ करोड ४७ लाख १८ हजार, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ९ करोड ५१ लाख ७६ हजार, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १ अर्ब ४८ करोड ३५ हजार ७५ हजार रुपैयाँ र अन्य लगानीमा १ अर्ब ६४ लाख रुपैया लगानी रहेको छ ।

कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थको अग्राधिकार सेयर ऋणपत्रमा १ अर्ब ७३ करोड ९७ लाख ९४ हजार रुपैयाँ लगानी गरेको देखिएको छ ।

यस्तै, हिमालयन रिइन्स्योरेन्सले भने क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थको अग्राधिकार सेयर ऋणपत्रमा ५८ करोड ९० लाख ५१ हजार रुपैयाँ लगानी गरेको समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्