एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । एनआइसी एसिया ग्रोथ र ब्यालेन्स्ड फण्डको प्रतिफल सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम मौका रहेको छ । प्रतिफल वितरणका लागि दुबैले आज अर्थात कात्तिक १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ कात्तिक १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रतिफल पाउने छन् ।
दुबैं फण्डले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई १३ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्न लागेका छन् । एसिया ग्रोथ फन्डले १० करोड ८५ लाख ७६ हजार रुपैयाँ र एनआइसी एसिया ब्यालेन्सड्ले ९ करोड ८१ लाख ८५ हजार रुपैयाँ नगद लाभांशमा वितरण गर्ने छन् ।












