नुवाकाेटमा एमाले जिताउन कस्सियाे समाजवादी, लामिछानेकाे नेतृत्वमा भित्रिए साँढे दुई सय नेता कार्यकर्ता « Arthapath.com
९ असार २०८३, मंगलबार

नुवाकाेटमा एमाले जिताउन कस्सियाे समाजवादी, लामिछानेकाे नेतृत्वमा भित्रिए साँढे दुई सय नेता कार्यकर्ता



काठमाडाैं । नुुुुुुुुुवाकाेटमा एमालेकाे विरासत कायम गर्न फुटेर हाेइन जुटेर लागाैं भन्ने अभियान सुरू भएकाे छ । एमालेकाे तर्फबाट उम्मेदवार बनेका नेता जिताउन एकृकित समाजवादी एमालेमा समाहित भएकाे छ ।

समाजवादी पार्टीकाे प्रदेश कमिटी सचिवालय सदस्य केपि लामिछानेकाे नेतृत्वमा करिव साँढे २ सय नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । बुधबार एमाले पार्टी कार्यालय ललितपुर च्यसलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछाने सहित जिल्ला कमिटी सचिवालय सदस्यहरू १० जना जिल्ला कमिटी वडा कमिटीका नेता कर्यकर्ता प्रवेश गरेका हुन् ।

प्रवेश गर्ने जिल्ला कमिटी सचिवालय सदस्यहरू मेघराज लामिछाने, दिपक पाठक, ठाकुर भण्डारी, राजन थापा, हरी गिरी, प्रेम तमाङ, यमसिं तामाङ, फुर्पाछिरिङ तामाङ, देवकी पाठक, रघु पण्डित सदस्यहरू राजेन्द्र खतिवडा लगायत रहेका छन् ।

गठबन्धनकाे नाममा देश वर्वादितर्फ पुग्न लागेकाले बेलैमा सचेत रहेर घर फर्किएकाे लामिछानेले बताए ।


प्रतिक्रिया दिनुहोस्