बिजबजार भव्य उत्सव योजनाका बम्पर विजेताहरू « Arthapath.com
१ असार २०८३, सोमबार

बिजबजार भव्य उत्सव योजनाका बम्पर विजेताहरू



काठमाडौं । नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै “ बिजबजार भव्य उत्सव“ नामक योजना चाडबाडको उमङ्ग भव्य अफरसँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो।

जस अन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो।

बिजबजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको छ। जस अन्तर्गत पहिलो बम्पर उपहारMI 65 INCH ULTRA 4K TV AND MI SOUND BAR अविशा शर्माले प्राप्त गरेकी छन्, यसै गरी दोस्रो बम्पर उपहार REALME 9 PRO + 5G को विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार SAMSUNG SINGLE DOOR REFRIGERATOR 192 L सबिन श्रेष्ठले हात पारेका छन्।

कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा बिज“ नामक क्याम्पेन अन्तर्गतको कार्तिक महिनाको क्याम्पेन को तयारी पनि पुरा हुन लागेको जनाएको छ।
एन्ड्रोइड फोन प्रयोगकर्ताहरूले गुगल प्ले स्टोरमा गएर तुरुन्तै र सजिलैBizbazar Online Shopping App एप डाउनलोड गर्न सक्नेछन् भने ल्याप–टप वा डेस्क–टपबाट बिजबजारको अनलाइन सपिङ्ग सेवा लिन चाहेमा सिधै www.bizbazar.com.np टाइप गरेर पनि यो सेवा लिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्