विदेशीमा रहेका नेपालीलाई पनि १०% आईपीओ अनिवार्य, यस्तो छ बोर्डको नयाँ निर्देशिका « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

विदेशीमा रहेका नेपालीलाई पनि १०% आईपीओ अनिवार्य, यस्तो छ बोर्डको नयाँ निर्देशिका



काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धी (छैठौं संशोधन) निर्देशिका २०७९ लागू गरेको छ ।
संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशति सेयरको १० प्रतिशत नेपाल सरकारको सम्वन्धित निकाय श्रम स्वीकृति प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्नेछ ।

छुट्याएको सेयर निष्काशन गर्दा निष्काशन तथा विक्री प्रबन्धकले सर्वसाधारणका लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधिमा तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्ने व्यवस्था गरेको छ ।

आवेदन दिँदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्वन्धी कार्य गर्न अनुमति पाएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नुपर्नेछ ।

विप्रेषण (रेमिट्यान्स) बचत खाता भन्नाले नेपाल सरकारको सम्वन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरि विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्वन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा सम्वन्धित व्यक्तिको नाममा रहेको खाता बुझ्नुपर्ने बताइएको छ।

आवेदन गर्न विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा पचास हजार नेपाली रुपैयाँ सम्वन्धित व्यक्ति आफूले रोजगार गरेको मुलुकबाट जम्मा गरेको हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।

यस्तो छ निर्देशिका


प्रतिक्रिया दिनुहोस्