पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने, १ लाख कित्तासम्म आवेदन दिन सकिने « Arthapath.com
१८ कार्तिक २०७९, शुक्रबार

पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि आइपीओ जारी गर्ने, १ लाख कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कात्तिक २५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बिक्री नभएको ८ लाख ६ हजार ३९० कित्ता शेयर सहित प्रतिकित्ता १०० रुपैयाँ अंकित कुल ५६ लाख ६ हजार ३९० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार १९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ भने सोहि अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा मंसिर ९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेकको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेबसाइट र एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ

Tags :

प्रतिक्रिया दिनुहोस्