आफ्नाे लगानीकाे कम्पनी डुवाएर निजी कम्पनी पाेस्दै सरकार, पुनर्बीमाको बिजनेस ५ अर्ब घट्दै

काठमाडौं । सरकरले आफ्नाे लगानी रहेकाे कम्पनी डुवाएर निजी कम्पनी पाेस्ने निती लिँँदा नेपाल पुनर्वीमा कम्पनीकाे बिजनेस ५ अर्बले घट्ने भएकाे छ ।
सरकारले आफ्नाे लगानी रहेकाे नेपाल पुर्नबीमा कम्पनीकाे व्यापार खाेसेर निजी लगानीमा खुलेकाे हिमालयन रि इन्स्याेरेन्सलाई आधा व्यापार दिने निर्णयले नेपाल रिकाे ५ अर्व व्यापार घटेकाे हाे ।
कम्पनीको ९औं वार्षिकोत्सबमा बोल्दैं नेपाल पुर्नबीमा कम्पनीका सीईओ रायमाझीले सरकारले संरक्षण नगर्दा कम्पनीको बिजनेस ५ अर्ब घट्ने सम्भावना रहेको बताएका हुन । सरक्षणका लागि सरकारसँग भेटघाट तथा छलफलमा समेत भैरहेको राइमाझीले बताए ।
नेपालमा भएका इन्याेरेन्स कम्पनीहरूले नेपाल रि लाई २० प्रतिशत अनिवार्य पुनर्बीमा गराउँदै आएका थिए । हिमालयन रि खुलेपछि बीमा समितीले दुबै कम्पनीलाई घटाएर १०/१० प्रतिसतमा झारेकाे थियाे ।