मार्जिन कारोबारको लागि ८७ कम्पनी योग्य (सूचीसहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मार्जिन कारोबारका लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ ।सार्वजनिक सूची अनुसार ८७ वटा सूचीकृत कम्पनीहरु मार्जिन कारोबारका लागि योग्य देखिएका छन् । जसमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स र १३ वटा हाइड्रोपावर समूहका कम्पनी रहेका छन् ।
यस्तै, जीवन बिमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ ।


















