लाभांश बुझिलिन शेयरधनीहरुलाई युनाइटेड इन्स्योरेन्सको अनुरोध

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले नगद लाभांश बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न आर्थिक वर्षको नगद लाभांश प्राप्त गर्न बाँकी शेयरधनीलाई उक्त रकम बुझिलिन अनुरोध गरेको हो ।
लगानीकर्ताले नगद लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर, नक्साल, काठमाडौंमा आवश्यक कागजपत्र सहित ३० दिनभित्र सम्पर्क गर्नुपर्नेछ ।
साथै तोकिएको अवधि भित्र उक्त नगद लाभांश लिन नआएको खण्डमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने कम्पनीले जनाएको छ ।