बिहिबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आउन सकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।
आज मन्दीकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ३.९२ प्रतिशतले बढेको हो ।
साथै, सिन्धु विकास बैंकको २.७७ प्रतिशत, हिमालयन पावर पाटनरको १.७८ प्रतिशत, सिटिजन म्युचुअल फण्ड २ को १.३९ प्रतिशत र उपकार लघुवित्तको १.२० प्रतिशतले बढेको हो ।



















