नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने « Arthapath.com
२५ बैशाख २०७७, बिहीबार

नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने



काठमाडौँ । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संघीय संसदमा जेठ २ गते प्रस्तुत हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७÷०७८ को लागि बजेटका प्राथामिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय भएको हो ।

संसद सचिलायका सहप्रवक्ता दशरथ धमलाका अनुसार प्रिबजेट छलफल प्रतिनिधिसभा तीन दिन र राष्ट्रियसभामा दुई दिने हुने भएको छ। प्रतिनिसभामा वैशाख २८, २९ र ३० गते तथा राष्ट्रियसभामा २८ र २९ गते प्रिबजेट छलफल हुनेछ। त्यस्तै सरकारले आर्थिक सर्वेक्षण जेठ १३ गते पेश गर्नेछ।

जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ।

संघीय संसदको अधिवेशन शुक्रबार दिउँसो ४ बजे सुरु हुँदैछ। कोरोनाबाट बच्न सकेसम्म सुरक्षाका उपाय अपनाएर बैठक चलाउने तयारी संसद सचिलायले गरेको छ।


प्रतिक्रिया दिनुहोस्