७७ करोडमा खुम्चिएको कारोबारमा यी १० कम्पनीको भयो सर्वाधिक
काठमाडौं । साताको सुरुवात मै शेयर बजारमा सुधार आउन सकेको छैन । गत साता घटेर बन्द भएको शेयर बजारले यो साताको सुरुवातमा सोहि ओरालो यात्रालाई निरन्तता दिएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको थियो ।
नेप्से दोहोरो अंकले ओरालो लागे पनि शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ३९ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, निर्धन लघुवित्तको २ करोड ४० लाख ५२ हजार रुपैयाँ, नबिल बैंकको २ करोड ३८ लाख २५ हजार रुपैयाँ र हिमालयन पावर पाटनरको २ करोड २६ लाख ४६ हजार रुपैयाँको कारोबार भएको छ ।



















