ड्युटीमा खटिएकै अवस्थामा प्रहरी हबल्दारको मृत्यु

राजविराज । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी हबल्दार रामबहादुर मगरको मृत्यु भएको छ ।
ड्युटीमा खटिएकै अवस्थामा उदयपुर निवासी उनको आज एक्कासी मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
प्रहरी हबल्दार मगरको मृत्युबारे तत्काल कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसअघि पनि एक सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक ९असइ० को ड्युटीकै अवस्थामा मृत्यु भएको थियो ।
भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असइ कुलबहादुर कार्कीको गत सोमबार मृत्यु भएको थियो ।रासस