रिलायबल लाइफको मुनाफा ३४ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब माथि « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

रिलायबल लाइफको मुनाफा ३४ प्रतिशतले बढ्यो, जीवन बीमा कोष ५ अर्ब माथि



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विवरण अनुसार खुद नाफा १० करोड ३ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ३४.६८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद नाफा ७ करोड ४५ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको थियो ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको जीवन बीमा कोष ६९.९० प्रतिशतले बढेर ५ अर्ब १५ करोड ५४ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख ३२ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ९२ करोड ८९ लाख १७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा आइपुग्दा खुद बीमा शुल्क ८.१७ प्रतिशतले घटेर ८५ करोड २९ लाख ८६ हजार रुपैयाँमा सिमित भएको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २९.९७ प्रतिशतले बढेर १ अर्ब १८ करोड १२ लाख ७७ हजार रुपैयाँ, महाविपत्ती कोष ३१ प्रतिशतले बढेर ११ करोड ७३ लाख ९८ हजार रुपैयाँ, खुद दाबी भुक्तानी ३६ प्रतिशतले घटेर १५करोड २ लाख ६४ हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्