शिखर इन्स्योरेन्स १९औं वर्षमा, १८ वर्षमा सेयरधनीले पाए २७५ प्रतिशतको प्रतिफल « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

शिखर इन्स्योरेन्स १९औं वर्षमा, १८ वर्षमा सेयरधनीले पाए २७५ प्रतिशतको प्रतिफल



काठमाडौं । शिखर इन्स्योरेन्सले अठार वर्ष पुरा गरी १९ औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान सप्ताह गरी कम्पनीले आफ्नो वार्षिकोत्सव मनाएको हो ।

२०६१ मंसिर २ गते खुलेको कम्पनीले यसै साताभर देशभर सातै प्रदेशमा रक्तदान कार्यक्रमगरी बनाएको हो । बैंक तथा बीमा कम्पनीका कर्मचारीहरु, खेलाडी, विद्यार्थी, बीमा सर्भेयर, एजेन्ट तथा सर्वसाधारण जनता गरी एघार सय भन्दा बढी व्यक्तिले रक्तदान गर्नु भएकोे छ भने मंसिर २ गते सम्ममा करिब पन्ध्र सय व्यक्तिहरुबाट रक्तदान गरिने अपेक्षा रहेको छ ।

वि.सं. २०६१ सालमा १५ औं निर्जिवन बीमा कम्पनीको रुपमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो स्थापनाको छोटो समयमै आम जनमानसमा भिन्न प्रकारको छाप छोड्दै नेपालको अब्बल बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गर्न सफल भएको छ । रु. १० करोडको चुक्ता पुँजीबाट स्थापना भएको यस कम्पनीको हाल रु.२२८ करोडको चुक्ता पुँजी रहनुका साथै रु.४८१ करोडको नेटवर्थ सहित निजि क्षेत्रबाट प्रवद्र्धित बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको निर्जिवन बीमा कम्पनीका रुपमा स्थापित गर्न सफल भएको छ । चुक्ता पुँजी, नेटवर्थ, शाखा संजाल, कर्मचारी संख्या, बीमा शुल्क तथा दाबी भुक्तानी, सोल्भेन्सी मार्जिन लगायत अन्य प्रमुख सुचकांकमा शिखर इन्स्योरेन्स अन्य बीमा कम्पनीहरु भन्दा अग्रणी स्थानमा रहेको छ ।

स्थापनाको १८ वर्षको अवधिमा शिखर इन्स्योरेन्सले नगद लाभांस तथा बोनस शेयर गरी सर्वाधिक २७५ प्रतिशतको शेयरधनी प्रतिफल प्रदान गरेकोे छ । साथै स्थापनाको १८ वर्षको अवधिमा यस कम्पनीले १७ अर्व भन्दा बढीको दाबी भुक्तानी गरेको छ । कम्पनीबाट चुस्त रुपमा हुने दाबी फछ्र्यौटकै कारण विश्वसनिय बीमा कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । शिखर इन्स्योरेन्सले आ.व. २०७८।७९ मा नेपालको निर्जिवन बीमा क्षेत्रमै पहिलोपटक रु ५०० करोड भन्दा बढीको बीमा शुल्क संकलन गरी ऐतिहसिक सफलता हासिल गरेको थियो ।

नेपालमा बीमाको पहुँच अभिवृद्धि गर्न शिखर इन्स्योरेन्सले जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा, ताप्लेजुङ, संखुवासभा जस्ता दुर्गम भेगमा समेत गरी ११२ शाखा कार्यालयहरु मार्फत बीमा सेवा प्रदान गर्दै आएको छ । नेपालमा मौसमी सुचकांकमा आधरित कृषि बीमा, सुचकांकमा आधरित बाढी बीमा, मोटर अतिरिक्त लाभ बीमा जस्ता बीमालेखहरु शिखर इन्स्योरेन्सले मात्र प्रदान गर्दै आएको छ । मौसमी सुचकांक बीमालेख मार्फत दुर्गम भेगका किसानलाई भएको जोखिम तथा क्षतिको बीमा सुरक्षण प्रदान गरेकै कारण युके एडबाट २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ सहितको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । आगामी दिनमा समेत शिखर इन्स्योरेन्सले कृषि तथा पशुपक्ष्ािं बीमामा देशको आवश्यकता अनुरुप नविन बीमालेख सहित कृषि बीमाको विस्तार गर्नुका साथै देशभर स्वास्थ्य बीमाको विस्तार गर्ने योजना रहेको छ ।

नेपाल सरकारबाट आर्थिक बर्ष २०७१/७२ मा सबैभन्दा बढि कर दाखिला गर्ने कम्पनीका रुपमा सम्मानित हुनुका साथै नेपाल सरकारको समेत लगानी रहेको नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक व्यवसाय प्रदान गरेकोमा समेत सम्मानित हुँदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्