निर्जीबन बीमा कम्पनीहरुको नाफामा देखिएन चमक, दुई कम्पनीले छलाङ मार्दा अन्यको अवस्था कस्तो ?

काठमाडौं । संचालनमा रहेका मध्ये १८ वटा निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय प्रकाशित गरेका छन् ।
प्रकाशित वित्तीय विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीहरुले ९३ करोड ९७ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । जुन गत वर्षको असोज मसान्तसम्मको तुलनामा ०.२९ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले ९४ करोड २५ लाख १६ हजार रुपैयाँ खुद नाफा गरेका थिए ।
उक्त अवधिमा सबैभन्दा धेरै नाफा ओरियण्टल इन्स्योरेन्सले वृद्धि गरेको छ । पहिलो त्रैमासमा कम्पनीको नाफा १०० प्रतिशतले वृद्धि भई ५ करोड ९ लाख २८ हजार रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ करोड ५४ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
उक्त अवधिमा धेरै नाफा बढाउनेको दोस्रो स्थानमा युनाईटेड इन्स्योरेन्स रहेको छ । चालु आवको असोज मसान्तसम्ममा कम्पनीको नाफा ९०.१० प्रतिशतले बढाएर २ करोड २६ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको सानिमा जनरल इन्स्योरेन्सले पनि ७०.०१ प्रतिशतले नाफा वृद्धि गरि ४ करोड १३ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ ।
चालु आवको पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा जनरल इन्स्योरेन्स कम्पनीको घटेको छ । कम्पनीको नाफा ५०.७८ प्रतिशतले घटेर १ करोड ८८ लाख ७९ हजार रुपैयाँ कायम भएको छ। उक्त अवधिमा सगरमाथा इन्स्योरेन्सको नाफा पनि ४७.२८ प्रतिशतले घटेर ३ करोड २५ लाख ३१ हजार रुपैयाँ कायम भएको छ।
चालु आवको तीन महिनामा सबैभन्दा धेरै नाफा कमाउनेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पहिलो त्रैमासमा १३ करोड ४८ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा भने ०.९३ प्रतिशतले मात्र बढी हो । गत वर्षको असोज मसान्तसम्ममा पनि कम्पनीले १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
उक्त अवधिमा लुम्बिनी जनरलको नाफा २८.१४ प्रतिशतले वृद्धि भई ५ करोड ५१ लाख, अजोड इन्स्योरेन्सको १५.७५ प्रतिशतले बढेर १ करोड २७ लाख ५३ हजार, आइएमई जनरलको १५.७० प्रतिशतले बढेर ५ करोड ३ लाख ८३ हजार, नेपाल इन्स्योरेन्सको १४.३५ प्रतिशतले वृद्धि भई ७ करोड ३ लाख १२ हजार रुपैयाँ कायम भएको छ।
यस्तै, प्रभु इन्स्योरेन्सको नाफा ७.५३ प्रतिशतले बढेर ७ करोड ४ लाख १२ हजार रुपैयाँ, प्रुडेन्सियलको ०.४५ प्रतिशतले वृद्धि भई ३ करोड ६६ लाख ७४ हजार रुपैयाँ कायम भएको छ।
यता, हिमालयन एभरेष्टको नाफा ३४.५७ प्रतिशतले घटेर ३ करोड ७८ लाख ८२ हजार, राष्ट्रिय बीमा संस्थानको १३.२५ प्रतिशतले कमी आई ५ रकोड ३८ लाख ६० हजार, नेको इन्स्योरेन्सको ६.६४ प्रतिशतले घटेर ६ करोड ७१ लाख ८८ हजार, एनएलजीको ६.१८ प्रतिशतले घटेर ५ करोड ४६ लाख ५८ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरि चालु आवको पहिलो त्रैमासमा सिद्धार्थ इन्स्योरेन्सको नाफा ५.६५ प्रतिशतले घटेर ५ करोड १२ लाख ७५ हजार रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको नाफा ४.३८ प्रतिशतले घटेर ७ करोड ७९ लाख ५५ हजार रुपैयाँ कायम भएको छ।