लाभांश पारितका लागि नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा बिहिबार बस्दैं

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा बिहिबार अर्थात मंसिर ८ गते बस्दै छ । सभा होटल भिष्वा, विरगंज (पर्सा) मा विहान ९ बजे बस्ने गरी बोलाएको हो ।
गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव सभाले पारित गर्नेछ ।
साथै, सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवरण छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७÷०७८ का वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्ने कार्यसूची समेत सभामा रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरेको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।