पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५ लाख आवेदकले पाए १० कित्ता शेयर « Arthapath.com
७ मंसिर २०७९, बुधबार

पिपुल्स हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५ लाख आवेदकले पाए १० कित्ता शेयर



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो ।

आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । माग भन्दा बढी आवेदन परेको हुदाँ उक्त आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जस अन्तर्गत ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले आइपीओ पाएका हुन । बाँकी ७ लाखका हात रित्तो भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्