चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको साधारण सभा पुस ६ गते, के के छन् एजेण्डा
काठमाडौं । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेडले ६औं वार्षिक साधारण सभा पुस ७ गतेका लागि बोलाएको छ । सभा स्मार्ट पार्टी प्यालेस चुच्चेपाटी चाबहिलमा दिउँसो ४ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न छ ।
कुनै वित्तीय संस्थासँग प्राप्ति वा मर्जर गर्न वा सहायक कम्पनीमा वा अन्य कम्पनीको संस्थापक शेयरमा लगानी गर्न, कम्पनीको पूँजी थपघट गर्न तथा कम्पनीको विकास विस्तारका लागि गर्नुपर्ने अन्य सम्पूर्ण कार्यहरूको अख्तियारी सञ्चालकलाई दिने प्रस्ताव समेत सभाको कार्यसूचीमा समावेश गरेको छ ।













