निफ्राको साधारण सभा शनिबार बस्दैं, के के छन् एजेण्डा
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ४औं वार्षिक साधारण सभा शनिवार (मंसिर १० गते) बस्दैछ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ९ बजे बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४.२१०५ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले मंसिर १ गते एक दिनको लागि बुक क्लोज गरेको हुदाँ कात्तिक ३० गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













