२७५ सांसदको स्वाब संकलन, आज स्वाब दिएकाले भाग लिन नपाउने

काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएका सांसदले दिउँसो ४ बजे हुने बैठकमा सहभागी हुन नपाउने भएका छन् ।
संसद सचिवालयले शुक्रबार स्वाब संकलन गरिएका सांसदलाई बैठकमा नआउन जानकारी गराएको छ ।
शुक्रबार संसदको बैठकअघि नै उनीहरुको रिपोर्ट आउने सम्भावना कम रहेकाले उनीहरुलाई बैठकमा नआउन जानकारी गराइएको सचिवालय स्रोतले जनाएको छ ।
शुक्रबार प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० जना सांसदले कोरोना परीक्षणका लागि स्वाब दिएका छन् । उनीहरुको बिहान पौने १२ बजेसम्म स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।
संघीय संसदका २७५ सांसदहरुको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ। बिहीबार र शुक्रबार गरी दुई दिनमा त्यति सांसदहरुकाे पिसिआर परीक्षणका थ्रोट स्वाब संकलन गरिएको छ ।