जीवन बीमा कम्पनीले गरेनन् ४ अर्ब दावी भुक्तानीः तीन वटाको ६० करोडमाथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ४ अर्ब बढी रकम भुक्तानी हुन् बाँकी देखिएको छ । संचालनमा रहेका मध्ये १७ वटा जीवन बीमा कम्पनीहरुले ४ अर्ब २७ लाख २६ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी रहेको देखिएको छ ।
जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्म ती कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी संख्या भने १ हजार ५८५ रहेको तथ्याङ्कमा उल्लेख छ ।
उक्त अवधिमा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले मात्र शतप्रतिशत दावी रकम भुक्तानी गरेको छ । त्यसबाहेक १६ वटा कम्पनीले पहिलो त्रैमासमा भुक्तानी गरेका छैनन् ।
रिलायवल लाइफले गर्यो शतप्रतिशत भुक्तानी
चालु आवको पहिलो त्रैमाससम्मा रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीले शतप्रतिशत दावी भुक्तानी गरेको छ । अर्थात चालु आवको असोज मसान्तसम्म कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम शून्य रहेको छ । उक्त अवधिमा कम्पनीले कुल २६ करोड १९ लाख ४७ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । असोज मसान्तसम्ममा कम्पनीले ७८३ वटा संख्यामा दावी भुक्तानी गरेको हो ।
नेपाल लाइफको १ अर्ब ३२ करोड बढी रकम भुक्तानी हुन् बाँकी
चालु आवको पहिलो त्रैमासमा भुक्तानी हुन् बाँकी रकम नेपाल लाइफको देखिएको छ । उक्त अवधिमा कम्पनीको १ अर्ब ३२ करोड २ लाख ७५ हजार रुपैयाँ भुक्तानी बाँकी देखिएको छ । कम्पनीको भुक्तानी हुन बाँकी संख्या भने उल्लेख छैन । तर, चालु आवको असोज मसान्तसम्ममा भने कम्पनीले ३ अर्ब ९६ करोड ११ लाख ३८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । उक्त अवधिमा कम्पनीले भुक्तानी गरेको दावी संख्या भने २२ हजार १२५ रहेको छ ।
आधा दर्जन कम्पनीको १ करोडभन्दा कम रकम भुक्तानी हुन् बाँकी
चालु आवको असोज मसान्तसम्ममा ६ वटा जीवन बीमा कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम १ करोडभन्दा कम देखिएको छ । उक्त अवधिमा सबैभन्दा कम दावी हुन् बाँकी रकम गुराँस लाइफ इन्स्योरेन्सको देखिएको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीको २० लाख ८२ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको हो । यो संख्यामा भने १२ रहेको छ ।
चालु आवको असोज मसान्तसम्ममा सन नेपाल लाइफले ३७ लाख ८ हजार प्रभु लाइफको ५० लाख ३१ हजार सानिमा लाइफको ५० लाख ५० हजार, सूर्या लाइफको ५३ लाख ६७ हजार र यूनियन लाइफको ८९ लाख ५९ हजार रुपैया भुक्तानी हुन् बाँकी रहेको छ । यी पाँच वटै कम्पनीहरुको भुक्तानी हुन् बाँकी दावी संख्या भने क्रमशः ३१, ८, ८, ३५ र ४८ रहेको छ ।
अन्य कम्पनीको भुक्तानी हुन् बाँकी दावी रकम कति ?
चालु आवको असोज मसान्तसम्ममा नेशनल लाइफको ७४ करोड ८२ लाख ५५ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ।
उक्त अवधिमा मेट लाइफको ६० करोड ४१ लाख ५४ हजार, रिलायन्स लाइफको ३८ करोड ८३ लाख ६५ हजार, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ३७ करोड ५९ लाख ५२ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ ।
यस्तै, चालु आवको पहिलो त्रैमासमा भुक्तानी हुन् बाँकी दावी रकम सिटिजन लाइफको ३२ करोड ४७ लाख ९१ हजार, ज्योति लाइफको ६ करोड २६ लाख २५ हजार, एशियनको ५ करोड ८८ लाख ९२ हजार, प्राइम लाइफको ४ करोड ४६ लाख ३२ हजार र आइएमई लाइफको २ करोड ७२ लाख रुपैयाँ देखिएको छ ।
यी हुन् भुक्तानी हुन् बाँकी रहेका कम्पनी र रकम:
