राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शनलाई संशोधन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा यस्तो जानकारी गराइएको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टका अनुसार कार्यान्वयनमा रहेको चालु पुँजीको मार्गदर्शनलाई प्राप्त सुझावका आधारमा सम्वोध गरिने जानकारी दिए ।