सांसदको अपहरणको कुरा विवादै छैन, यथार्थ कुराहरू आउँछ

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले सांसद अपहरण प्रकरणबारे सत्यतथ्य सदनमा आउने विश्वास व्यक्त गरेका छन् ।
नेकपाका सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको आरोपमा जाहेरी दर्ता भएकाले सत्यतथ्य सबैले जानकारी पाउने उनले बताए ।
“सांसदको अपहरणको कुरा विवादै छैन, कुनै पनि नाममा यस्ता कामहरू हुनुहुँदैन । तर, भएको के हो । यथार्थ के हो ? त्यससम्बन्धी कुराहरू पनि यही संसद चल्दाचल्दैको अवस्थामा यथार्थ कुराहरू आउँछ भन्ने मलाई विश्वास छ ।”उनले भने ।