सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सिद्धार्थ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । प्रिमियर इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेकोले सेयर कारोबार रोक्का भएका थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

अब कम्पनीको सेयर भोलि अर्थात मंगलबारदेखि नै कारोबारमा आउने छ । लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्